आथियाको स्पष्टीकरण

0
Shares

 

फिल्म हिरोबाट बलिउड फिल्म नगरीमा कदम राख्ने नायिका हुन् आथिया शेट्टी। उनको नयाँ फिल्म मुबारंका हाल प्रदशनको तयारीमा रहेको छ।

पछिल्लोपटक फिल्म मुबारंकाको सेटमा आथियाको अभिनय क्षमता र पटक–पटक रिटेकका कारण फिल्म निर्देशक अनीश बज्मी हैरान भए भन्ने समाचारले भारतीय मिडियामा खुब चर्चा पाइरहेको छ। अथियाले भने एक भारतीय अनलाइनसंँग कुरा गर्दै यो रिपोर्टको खण्डन गरेकी छिन्। ‘म आफैं पनि अखबारमा छापिएको यस्तो खबरहरु पढेर हाँसीरहेकी थिएँ। मलाई ठीकसँंग याद छैन कि कुन दिनको सुटिङलाई लिएर यस्तो अफवाह फैलियो’, उनले भनेकी छिन्– ‘हो एक दिन लन्डनमा फिल्मको सुटिङ चलिरहेको थियो। त्यही बेला मेरो हजुरबाको निधनको खबर आयो। उक्त खबर सुन्नासाथ म दुःखी र निराश भएँ। मलाई केही थाहा थिएन, यो के भइरहेको छ। म चुपचाप उदास थिएँ। मानिसहरू पटक–पटक मलाई के भइरहेको छ भनेर सोधिरहन्थे।’ उनले विस्तारमा भनेकी छिन्– ‘उक्त दिन एउटा सिन थियो। त्यो सिन त चलिरहेको थियो। तर, ठीकसँग चलेको थिएन। उक्त दिन धेरैपटक रिटेक लिनुपरेको थियो।’

समाचारमा आथिया एक सिनका लागि घण्टौं लगाउँछिन् र फिल्मका सबै कलाकार उनको कारण हैरान थिए भन्ने खबर थियो। ‘यस्ता खबर म दिनदिनै पढ्छु। तर, मलाई यस्तो खबरले केही फरक पर्दैन। म आफ्नो काम निकै राम्रोसँग जान्दछु। तर, कहिलेकाहीं दिक्क पनि लाग्छ।’