नायिका शिल्पा पोखरेल २ सन्तानको आमा बनेकी छिन्। उनी रियल लाइफमा नभई रिल लाइफमा २ सन्तानकी आमा भएकी हुन्। शिल्पा भुटानबाट लखेटिई नेपालमा शरण लिएर बसेका शरणार्थीको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म हामी शरणार्थीमा २ सन्तानको आमाका रूपमा देखिने छिन्।
फिल्म आगामी भदौ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। केरुङ फिल्म्स्को ब्यानरमा निर्माण गरिएको फिल्म तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो। फिल्मका निर्देशक विजय लिम्बु केरुङले फिल्मले भुटानी शरणार्थीले पाएको दुःख र कष्टलाई प्रतिविम्बित गर्ने बताए। फिल्ममा शिल्पाका साथमा जीवन भट्टराई, प्रतिमा रसाइली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई, दिलीप योङहाङलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।
अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीद्वारा निर्मित फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन्। फिल्ममा बैजु सिंहको पटकथा र संवाद, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, हिमाल केसीको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ।











प्रतिक्रिया