पेरिसको डिफ पेजेन्टमा जनकराज र सुरभी

0
Shares

 

आगामी असार २६ देखि साउन २ गतेसम्म पेरिसमा आयोजना हुने मिस्टर एन्ड मिस डिफ पेजेन्टमा नेपालले पहिलोपटक भाग लिने भएको छ। द हिडन ट्रेजरले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी नेपालको तर्फबाट जनकराज भट्ट र सुरभी मानन्धरले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको छ।

क्रियटिभ ह्यान्डस् अफ डिफ ओमेन नामक सस्थाले विभिन्न प्रतिस्पर्धीहरुमध्ये जनकराज भट्ट र सुरभी मानन्धरलाई सो स्पर्धाका लागि छनोट गरेको हो।
जनकराज राजधानीको एक रेस्टुरेन्टमा स्टेवाडको रूपमा काम गर्दै छन्। उनी पेरिसमा हुनलागिरहेको प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउँदा निकै उत्साहित छन्। महिलातर्फको प्रतिस्पर्धी सुरभी मानन्धर भने फाइन आर्टस् सिक्दै छिन्। उनी पनि विदेशमा हुन लागेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै नै उत्साहित छिन्।

क्रियटिभ ह्यान्डस् अफ डिफ ओमेन एक अर्गनाइजेसन हो, जुन श्रवण शक्तिमा समस्या भएका व्यक्ति, उनीहरुको अभिभावक तथा सांकेतिक भाषाका दोभाषेहरुले स्थापना गरेका हुन्। सन् २०११ मा स्थागित यस संस्थाले विभिन्न नेपाली तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ भने घरेलु र अन्तर्राष्ट्रियस्तरमा सम्पन्न हुने विभिन्न गतिविधिमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गर्दै आइरहेको छ।