धूलोको गफ



 

जनप्रतिनिधि आएपछि राजधानी सफा हुन्छ। मान्छेले ढुक्कसँग सासफेर्न पाउँछन् कि भन्ने आशा धरहरालाई लागेको थियो तर त्यो आशा आशामा नै सीमित हुने हो कि भन्ने चिन्ताले धरहरालाई सताउन थालेको छ।

जनता उत्सहित भएको देखेर धरहराले पनि अबचाहिँ सुन्दर शान्त काठमाडौंको कल्पना गरेको थियो तर त्यो नारा कल्पनामा नै सीमित हुने चिन्ताले धरहरा चिन्तित भएको छ। हैन आजभोलि केशव स्थापित कता हराए धरहराले उनको खोजी गरेको पनि धेरै दिन भो उनलाई कतै भेटिएको छैन। हिजो त राजधानीको धूलो नियन्त्रण गर्न आफूले एक केमिकल फेला पारेको दाबी गरेर काठमाडौंका जनतालाई छक्कै पारेका थिए। अहिले काठमाडौं महानगरपालिका पनि एमालेले जितेको छ तर खै धूलो हटाउने केमिकल आएको होइन। के हो स्थापितज्यू गफ दिने पनि एउटा तरिका हुन्छ नि होइन त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्