साउन १४ मा सार्ने रहर !



 

धरहरा नजिकै एक जनाले विराटनगरमा रहेका उनका आफन्तसँग ह्यान्डस्फ्रीमा फोनमा कुरा गर्दै गरेको धरहराको बाइनाकुलरमा पनि रेकर्ड भएको छ। रेकर्डमा विराटनगरका एक जना दाजुले काठमाडौंमा रहेको आफ्नो भाइलाई यस्तो कुरा गर्दै थिएः
दाजुः भाइ यो असार १४ गतेको निर्वाचन त नसारी भएन। प्रधानमन्त्रीलाई भन्नुपर्यो।

भाइः किन र दाजु?
दाजुः हेर न हाम्रो भैंसी सुत्केरी हुने बेला भएको छ। त्यही असार १४ को आसपासमा सुत्केरी भयो भने त कसरी भोट हाल्न जानु? त्यसैले केही दिन सार्नुपर्यो।

भाइः ब्याइहाल्यो भने तपाईं भोट हाल्न नजानुहोला नि त। त्यतिका लागि के निर्वाचन सार्न लगाउनुहुन्छ ?
दाजुः होइन। यत्रो २० वर्षपछि हुन लागेको निर्वाचनमा भोट हाल्न नजाने त कुरै हुँदैन। बरु सरकारले यो निर्वाचन सार्नै पर्छ। कस्ता झिनामसिना कुरामा त निर्वाचन सारिएका छन्। त्यसैले प्रधानमन्त्रीकोमा गएर साउन १४ गतेसम्म निर्वाचन सार्न आग्रह गर। यहाँ यत्रो भैंसी सुत्केरी हुनलागेको छ। निर्वाचन–निर्वाचन भनेर कहाँ हुन्छ ? सार्नु परिहाल्यो नि।

प्रतिक्रिया दिनुहोस्