काले दाइ बनाइँदै

0
Shares

उमंग नामक फिल्मका निर्देशक शिव शर्माले काले दाइ नामक अर्को फिल्म बनाउने भएका छन्। सिद्धिका फिल्म्स् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा प्रकाश न्यौपानेद्वारा निर्माण गरिन लागेको फिल्ममा इन्द्र राम्जाली, अनु पराजुली, सुरेन्द्र केसी, सुजित थापा, सरू भट्ट, सूर्य चन्द, कविता शर्मा, राम थापा, गीता अधिकारी, शिशिर भण्डारी, गोविन्द श्रेष्ठ, चक्रध्वज भण्डारी, गीता नेपाल, जनक बर्तौलालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गर्नेछन्।

आगामी असार ५ गतेबाट काभ्रे, काठमाडौं र चितवनमा छायांकन गरिने फिल्मले गण्डक क्षेत्रको ग्रामीण परिवेशलाई उठाउने निर्देशक शर्माले जानकारी गराए। उनकाअनुसार फिल्ममा प्रेम र हाँसो दुवै पाइनेछ। निर्देशक शर्मा नेपाल टेलिभिजनबाट हरेक आइतबार प्रसारण हुँदै आएको हास्य टेलिशृंखला हाक्का हाक्कीको चर्चित पात्रका साथमा इपिसोड निर्देशक तथा नृत्य निर्देशक हुन्।