बलिउड नायिका तथा पूर्वविश्व सुन्दरी प्रियंका चोपडाको पहिरन शैली विवादमा परेको छ। नायिका चोपडाको केही दिनअघि बर्लिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको थियो। जुन भेटघाटको समयमा उनले छोटो डे«स लगाएका कारण उनी आलोचित भएकी हुन्। तर, पूर्व क्यानेडियन पोर्नस्टार तथा बलिहउड नायिका सन्नी लियोनले भने उनको समर्थन गरेकी छिन्।
एक कार्यक्रमको दौरानमा उनले भनेकी छिन् कि– ‘हामीले एक होसियार व्यक्तिलाई भारतको प्रधानमन्त्री चुनेका छौ। उनी निकै बुद्धिमान छन् र बोल्नमा डराउँदैनन्। यदि उनलाई प्रियंकाको छोटो कपडादेखि कुनै आपत्ति थियो भने उनले तुरुन्तै यो कुरा व्यक्त गर्न सक्थे तर उनले त्यसो गरेनन्।’ प्रियंकाको तारिफ गर्दै उनले भनेकी छिन्– ‘म प्रियंकालाई राम्ररी चिन्छु। उनी मानिसमाझ निकै राम्रो रूपमा प्रस्तुत हुन्छिन्। म उनको कपडासँग होइन उनको कामदेखि प्रभावित छु।’











प्रतिक्रिया