छक्कापञ्जा फेरि सर्वाधिक मनोनयनमा

0
Shares

हेटौंडा, (नेस)। हेटौंडामा हुन लागेको नवौं डी सिने अवार्डअन्र्तगत उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ। शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक छायाँछवी क्रियसनले असार २२ गते हेटौंडमा हुने अवार्डअन्र्तगको५ मनोनय सूचि सार्वजनिक गरेको हो।

वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ मध्ये ५५ फिल्मले यसवर्षका अवार्डका लागि आवेदन दिएका थिए। मनोयनमा सबैभन्दा बढी २० विधामा छक्का पञ्जा परेको छ। यो फिल्म राजधानीमा आयोजना हुन लागेको एनएफडीसी राष्ट्रि फिल्म अवार्डमा पनि सर्वाधिक धेरै मनोनयनको सूचीमा परेको छ। १३ विधामा गाजलु परेको छ भने लुट–२ ११ विधामा, जात्रा १०, पुरानो डु·ा ९, निर्भय ६ विधाको मनोनयमा परेको छ भने जंगे, के म तिम्रो होइन, दर्पण छायाँ२, वीरविक्रम र किस्मत२ ५⁄५ विधाको मनोयनमा परेका छन्। त्यसै गरी लप्पन छप्पन, द वीनर, लालजोडी र छायाँ ४⁄४ विधामा पर्न सफल रहेका छन्। जय पर्श‘राम, तीन घुम्ती, झुम्की, ब्रासलेट, म त तिम्रै हुँ ३⁄त३ विधाको मनोयनमा अटाएका छन्। उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर २⁄२ विधामा परेका छन् भने द फेमस, विजुली मेसिन, डाइ· क्याण्डल, बृन्दावन, पलांस, हाउ फन्नी, राधा र उहिलेको बाजेको पालामा १⁄१ विधाको मनोनयमा परेका छन्।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले अवार्डले फिल्म क्षेत्रमा लागेकाहरूलाई हौसला प्रदान गर्ने र नयाँपन भित्रिनेमा विश्वस्त रहेको बताए। सल्लाहकार नरेन्द्र महर्जनले हेटौंडाको सन्दर्भमा अवार्ड आयोजना हुनु आफैंमा महत्वपूर्ण रहेको चर्चा गरे। हेटौंडाको लायन्स क्लब अफ युथले अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्ने भएको छ।

अवार्डको निर्णायक मण्डलमा लेखक तथा निर्देशक मोहन निरौलाको संयोजकत्वमा सञ्चारकर्मी एवम् निर्देशक विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ एवम् नेपालकै प्रथम महिला सिनेमाटोग्राफर शवनम मुखिया रहेका छन्।

Skip This