कृतिको खुसी

0
Shares

टाइगर श्राफका साथ फिल्म हिरोपतिबाट बलिउड यात्रा तय गरेकी बलिउड नायिका कृति सेननको भनाइ छ कि फिल्म क्षेत्रमा भाइ भतिजाहरूले कुनै पनि कलाकारलाई शुरुआती ५ फिल्मसम्म मात्र मद्दत गर्न सक्छन्।
‘भाइभतिजावाद हरेक इन्डिस्ट्रिमा छ। त्यस्तै फिल्म इन्डिस्ट्रिमा पनि छ। तर तपाईंको मेहनतले नै तपार्इंलाई अगाडि लिएर जान्छु बीबीसी अनलाइन सेवासँगको कुराकानीमा उनले भनेकी छिन् ‘त्यसैले कोही पनि कलाकार भाइभतिजा फिल्म इन्डिस्ट्रिमा भएका कारण फिल्म इन्डिस्ट्रिमा आउँछ भने उसले शुरुआती ५ फिल्ममा मात्र भाइभतिजावादको आडमा काम गर्न सक्छन्। उनले भनेकी छिन् ‘फिल्म इन्डिस्ट्रिमा सम्बन्ध राख्ने नयाँ अभिनेतालाई इमेज बनाउनु पर्दैन। दर्शकहरूलाई केही हदसम्म उनका बारेमा थाहा हुनेछ। जसका कारण उनीहरूलाई दर्शकसँग छिटो जोडिन मद्दत मिल्छ। तर फिल्म इन्डिस्ट्रिबाहिरको मानिसलाई भने दर्शकभन्दा पहिले फिल्मसँग जोडिन धेरै मेहनत गर्नुपर्ने हुन्छ।’

कृति निकै खुसी छिन् कि उनी फिल्म इन्डस्ट्रिभन्दा बाहिरबाट आए पनि करिअरको शुरुआती दिनमा नै रोहित शेट्टीको दिलवालेजस्ता ठूला फिल्ममा काम गर्ने मौका पाइन्। जसमा शाहरूख खान, काजोल तथा वरुण धवन थिए।

Skip This