पर्वलाई करोड

0
Shares

गत शुक्रबार अल नेपाल रिलिजमा आएको थ्रिलर फिल्म पर्वले ३ दिनमा १ करोड ग्रस गरेको छ। फिल्मको ओपनिङ व्यापार सोचेजस्तो नभए पनि ३ दिनभित्रै १ करोड ग्रस कलेक्सन गरेको हो। फिल्मका निर्माता सुवास गिरीका अनुसार फिल्मप्रति दर्शकको रुचि बढेको छ भने मल्टिप्लेक्स हलहरुले शो थप गरिरहेका छन्।

सोमबार गणतन्त्र दिवसको बिदा परेका कारण यसका दर्शक थपिएका छन्। ‘शुक्रबार रिलिजका दिन सोचेजस्तो ओपनिङ हन सकेन। अल नेपाल ३० लाख कमाई कलेक्सन भयो। शनिबार ७० लाख र आइतबार १४ लाख कलेक्सन भयो’, निर्माता गिरीले भने– ‘सोमबारको बिजनेस उत्साहजनक छ। दर्शकले फिल्म मन पराएका छन्। विस्तारै पिकअप लिइरहेको छ।’

दिनेश राउत निर्देशित फिल्ममा कोशिष क्षत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की, केशव भट्टराईलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्मको व्यापारले उत्साहित बनाएको निर्देशक राउतले बताए। टिभी फिल्मी र सुवास इन्टरटेनमेन्टको ब्यानरमा निकिता पौडेल र सुवास गिरीद्वारा निर्मित फिल्ममा गायक तथा फिल्मका नायक कोशिष क्षत्रीको कथा, पटकथा संवाद किरण माइकल, गीत दिनेश राउत र कोशिष क्षत्री, संगीत कोशिष क्षत्री, नृत्य कविराज गहतराज, द्वन्द्व चन्द्र पन्त, छायांकन राजेश श्रेष्ठ र सम्पादन बनिश शाहको रहेको छ।

Skip This