मिथिला यें आर्ट ग्लालरीमा लोक कला

0
Shares

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोक कला विभागको आयोजनामा करिब ३ दर्जन कलाकारका मिथिला लोककलाको प्रदर्शनी शुक्रबारदेखि मिथिला यें आर्ट ग्यालरीमा शुरु भएको छ।

पाँचदिने लोक कला प्रदर्शनी तथा संगोष्ठी २०७४ मा धनुषाको जनकपुर र सिरहाको लहानमा विभागले २०७२⁄०७३ सालमा गरेको कार्यशालामा तयार पारिएका कला प्रदर्शनीमा राखिएको लोककला विभागका प्रमुख एससी सुमनले बताए। ‘लोक कलाको महत्त्वलाई समाजमा स्थापित गर्न र यसलाई सामाजिक रूपमा आम मानिसमा चासो बढाउनुपर्ने दायित्व प्रतिष्ठानको हो। अनुसन्धान तथा सशक्तीकरणका माध्यमबाट लोककलालाई समाजमा स्थापित गर्दै हाम्रो मौलिक पहिचानलाई चिनाउन र बचाउन प्रतिष्ठानले काम गरिरहेको छ। यही कडीका रूपमा यो प्रदर्शनी गरिएको हो’ –सुमनले भने।

प्रदर्शनीको शुभारम्भ गर्दै प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले लोप हुन लागेको लोककलालाई बाहिर ल्याउन एकेडेमीले काम गरिरहेको दाबी गरिन्। नेपाली लोककलाको पहिचान र प्रवद्र्धन गर्ने हेतुले कार्यशाला गरिएको र त्यसमा रचना गरिएका कलाकृति प्रदर्शनीमा राखिएको प्राज्ञ रामपुजन ठाकुरले बताए। मिथिला कला आमा बजैबाट सिकेको चर्चा गर्दै प्राज्ञ सदस्य मिथिलादेवी यादवले भनिन्– ‘हामीले हाम्रो कल्चरबाट नै कला बनाउन सिकेका हौं।’ प्रदर्शनीमा प्राज्ञ एससी सुमन सिरहा जिल्लाबाट प्राज्ञ रामपुजन ठाकुर, क्युरेटर तथा कलाकार श्यामसुन्दर यादव, हरेराम यादव, अराधना चौधरी, गीताकुमारी ठाकुर, उर्मिलाकुमारी यादव, मान्तीकुमारी शर्मा, देव सुनैर देवी, बबिताकुमारी ठाकुर, उर्मिलाकुमारी ठाकुर, ममताकुमारी, शिलाकुमारी भण्डारी, सप्तरीबाट कमला सुतिहार, धनुषाबाट अजितकुमार साह, रन्जु यादव, चन्दा साह, सीतादेवी कर्ण, मदनकला कर्ण, मिथलेश्वरी देव कर्ण, अनुरागी देवी झा, फुलो साह, अनीता कर्ण, इन्द्रकला निधि, रेखा ठाकुर, सुलोचना कर्ण, पुनम दत्त, इन्द्र कर्ण, मुनि खातुन र रेणु कर्ण त्यस्तै महोत्तरीबाट सुनैना ठाकुर सप्तरीबाट सविता दास मोरङबाट मनारेमा कर्ण, मञ्जु कर्ण शिवानी सुमन माधवी कर्णलगायतका कलाकार सहभागी छन्।

Skip This