कट्रिनाका लागि कसम तोडे अमिरले

0
Shares

बलिउड नायक अमिर खानले केही वर्षदेखि अघोषितरूपमा कसम खाँदै आएका थिए कि उनी आफ्नो फिल्ममा कुनै पनि नायिकाहरुलाई दोहोराएर प्रवेश गराउने छैनन्। उनले अघिल्लो पटक केवल करिना कपुरका लागि यो वचन तोडेका थिए। यो पटक भने कट्रिना कैफका लागि वचन तोडेका छन्।

कट्रिना अब ठग्स अफ हिन्दुस्तानमा अमिर खानको हिरोइन बन्ने छिन्। अमिरले सोसल मिडियामार्फत् यो कुरा पुष्टि गरेका छन् कि उनको आगामी फिल्मको हिरोइन कट्रिना हुनेछिन्। टाइगर जिन्दा हे नामक ठूलो बजेटको फिल्ममा काम गरिरहेकी उनको यो दोस्रो ठूलो बजेटको फिल्म हुनेछ।

कट्रिनाले योभन्दा पहिले अमिर खानसँग धुम–३ मा काम गरिसकेकी छिन्। जुन ब्लकबस्टर भएको थियो। आलिया भट्ट तथा श्रद्धा कपुरको चर्चा रहेको फिल्ममा अन्ततः कट्रिनाले बाजी मारेकी हुन्।

Skip This