मोक्तानको मिलन बिछोड सार्वजनिक

188
Shares

गायक प्रेम मोक्तान र गीतकार लोक रेग्मीको अडियो भिडियो एल्बम मिलन विछोड हालै बजारमा आएको छ। कूल ५ आधुनिक गीत समावेश एल्बमका सबै गीतमा गायक प्रेम मोक्तानले स्वर दिएका छन् भने संगीतकार राम सिटौलाको एकल संगीत रहेको छ।

एल्बममा विदेशिएका नेपालीहरुबीचमा बढ्दै गएको पारपाचुकेलाई विषय बनाएर पीडा पोखिएको छ। एल्बममा समावेश छोडी जानुथियो भो बोलको गीतमाथि भिडियो बनेको छ।

जसमा कार दुर्घटनामा परेर शारीरिक रूपमा अशक्त भएको प्रेमीलाई प्रेमिकाले छोडेर गएको कारुणिक कथा प्रस्तुत गरिएको छ। भिडियोमा मोडल सुमित्रा तामाङ एल्बमका गीतकार लोक रेग्मी तथा गायक प्रेम मोत्तानलगायतले अभिनय गरेका छन्।

भिडियोलाई डिकेश लामाले निर्देशन गरेका हुन्।