भिडियोमा छटपटी

0
Shares

पत्रकार तथा गीतकार शान्तिप्रियको प्रकाशोन्मुख गीति अडियो एल्बमका लागि तयार पारिएको नयाँ गीत मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होलाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका निखिता थापाद्वारा गाइएको गीतका संगीतकार दीपक शर्मा हुन्।

यो सेन्टिमेन्टल गीतलाई पत्रकार तथा निर्देशक सुव्रत आचार्यले म्युजिक भिडियोमा उतारेका छन्। गीतमा मोडल राजविक्रम थापा र अभिनेतृ खुश्बु खड्काले अभिनय गरेका छन्। म्युजिक भिडियोको छायांकन सुदीप बराल र सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

गीतकार शान्तिप्रियले यो प्रेमपीडामा गुज्रेका वा विछोडिएका जोडीमा समर्पित भावमय गीत भएको बताए। जेठमा सार्वजनिक हुने एल्बमका लागि यो गीत तयार पारिएको पनि उनले बताए। शान्तिप्रिय पछिल्लो चरणमा गीत लेखनमा सक्रिय छन्। उनीद्वारा रचित छक्का पञ्जाको देखन चम्पा गत वर्षको निकै चर्चित भएको थियो।

Skip This