बलिउड सुन्दरीहरुको पहुँच अन्तर्राष्ट्रियस्तरसम्म फैलँदै गएको छ। हरेक कलाकारको सपना हुन्छ विश्वका ठूला फिल्म इन्डस्ट्रिसम्म पहुँच बनाउने। त्यहाँका फिल्म समारोह, मेला महोत्सव र अवार्डमा सहभागी हुने। तर, थोरै देशका कलाकारको मात्र यो सपना साकार हुने गर्छ।
बलिउड अभिनेतृहरु भने यो मामलामा भाग्यमानी सावित हुँदै आएका छन्। हलिउडका फिल्मदेखि त्यहाँका ठूला समारोह र महोत्सवहरुमा सहभागितासँगै अन्य देशका प्रतिष्ठित समारोहमा सहभागी हुने उनीहरुको सपना साकार हुँदै आएको छ। बलिउड अभिनेतृत्रय ऐश्वर्या राय बच्चन, दीपिका पादुकोण र सोनम कपुरलाई फेरि यस्तो मौका मिलेको छ। बलिउडका यी तीन लोकप्रिय अभिनेतृ ७०औं अन्तर्राष्टिय कान्स फिल्म फेस्टिवलमा सहभागी हुने भएका छन्। यसै महिनामा हुने उक्त समारोहमा दीपिकाको पहिलो सहभागिता हुनेछ भने ऐश्वर्या र सोनमले क्रमशः सन् २००२ र २०११ मा यो यात्रा थालेका थिए।
उनीहरु कस्मेटिक ब्रान्ड लोरियलको पेरिस प्रतिनिधित्व गर्दै मेकअप तथा भिन्न–भिन्नरूपमा प्रस्तुत हुनेछन्। रेड कार्पेटमा पनि देखिनेछिन्। उनीहरको साथ हलिउड अभिनेतृ जुलियन मुरै र इवा लुगोरिया पनि देखिने छिन्। कान्स फिल्म महोत्सव १७ देखि २८ मेसम्म फ्रान्समा चल्नेछ।











प्रतिक्रिया