एञ्जेलिनाको निगरानीमा ब्राड

0
Shares

हलिउड नायिका एञ्जेलिना जोलि आफ्नो जिन्दगीमा पूर्वपति अभिनेता ब्राड पिटलाई भुलेर अगाडि बढिरहेकी छिन्। तर हाल उनी एक बिजनस म्यानसँग डेटिङ गरिरहेकी छिन्। तर उनको दिल भने ब्राडबाट हट्न मानिरहेको छैन। एजेन्सीका अनुसार उनी अझै पनि ब्राडको गतिविधिलाई नियालिरहेकी छिन्।

मिड डेमा छापिएको एक समाचारअनुसार ब्राडको गतिविधि नियाल्नका लागि एन्जेलिनाले आफ्नो फोनमा एक गुगल अलर्ट रोखेकी छिन्। सूत्रलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएअनुसार एञ्जेलिाना ब्राडका विषयमा हर चिज थाहा पाउन चाहन्छिन्। उनलाई थाहा छ कि एकपटक सम्बन्ध बिच्छेद भइसकेपछि ब्राडलाई उनले आफ्नो नियन्त्रणमा राख्न सक्दिनन्।

एन्जेलिना र ब्राडले अघिल्लो वर्ष सेप्टेम्बरमा सम्बन्ध बिच्छेद गरेका थिए। भनिन्छ कि यो सम्बन्ध टुटेकोमा एन्जोलिना दुःखी थिइन्। तर ब्राडले सम्बन्धबिच्छेदको समयमा सम्बन्ध जोगाउनका लागि कुनै पनि प्रयास गरेनन्। एन्जोलिनालाई यो कुराको पनि डर छ कि ब्राड उनलाई भुलेर आफ्नो जिन्दगीमा अघि नबढुन्।

Skip This