अपेक्षा स्कुल ग्लोरी नेपाल

0
Shares

स्कुल ग्लोरी नेपाल ०१७ को ताज अपेक्षा लामाले जितेकी छन्। ९ प्रतिस्पर्धीलाई उछिन्दै बालाजुस्थित सौरदीप बोर्डिङ स्कुल कक्षा ७ मा अध्ययनरत उनले सो उपाधिसँगै डिसिप्लेनको उपाधि पनि जितेकी छिन्। जी–इलेभन नेपालद्वारा आयोजित प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले विजेतालाई ताज पहिराएका थिए।

प्रतियोगितामा लिटिल एञ्जल स्कुलकी आयुष श्रेष्ठ फस्ट, सरस्वती बोर्डिङ उमाविकी सेजल ओली सेकेन्ड रनर्सअप र ज्ञान सिन्धु स्कुलकी सिसम राई पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै रुमी महर्जन मस्ट ट्यालेन्ट, ऋषिका महर्जन बेस्ट हेयर, एसिया लामिछाने मस्ट एक्टिभ, स्मारिका पुलामी फोटोजेनिक, सदीक्षा बानियाँ मस्ट आउट स्पोकन र सोनु पाठकले बेस्ट पर्सनालिटीको उपाधि हासिल गरे।
कार्यक्रममा विजेता अपेक्षा लामालाई ३० हजार, फस्ट रनर्सअप आयुषा श्रेष्ठलाई २० हजार, सेकेन्ड रनर्सअप सेजल ओलीलाई १० हजार र पब्लिक च्वाइस अवार्ड विजेता सिसम राईलाई ५ हजारसहित विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो।

प्रतियोगिताका लागि कोरियोग्राफर तथा फेसन सञ्चारकर्मी जयन सुब्बा मानन्धर, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटा, हेयर स्टाइलिस्ट नील डेबिड कटुवाल, कलाकार रोहिनी भट्टराई, इन्जिनियर रामहरि फुयाल निर्णायक थिए। रुकमान लिम्बुको सांगीतिक प्रस्तुति, मोहन किम्रिकको ध्यान मेडिटेसनबाट शुरू भएको कार्यक्रमको सञ्चालन प्रकृति धमला र सोनिया लिम्बुले गरेका थिए। कार्यक्रमको संयोजकत्व भक्त राईले गरेका थिए।

Skip This