लिटिल मिस र मास्टर नेपालको प्रतिभा प्रदर्शन

0
Shares

लिटिल मिस एन्ड मास्टर नेपाल आइकन २०१७ मा सहभागी बालबालिकाले राजधानीमा आयोजित ट्यालेन्ट शोअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। एएनपी मिडिया हाउसले विभिन्न स्कुलमा अध्ययनरत बालबालिकाको बिदाको सयमलाई सदुपयोग गर्दै आयोजना गर्न लागेको लिटिल मिस एन्ड मास्टर नेपाल आइकन २०१७ अन्तर्गतको ट्यालेन्ट राउन्डमा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।
प्रतिस्पर्धी बालबालिकाले राजधानीको स्काई रेस्टो एन्ड बेन्क्वेटमा आयोजित ट्यालेन्ट राउन्डमा आफ्ना अभिभावक र निर्णायकका सामु आफ्ना प्रतिभा प्रदर्शन गरे। सो अवसरमा प्रतिस्पर्धी बालबालिकाले नृत्य, गायन, वक्तृत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेका थिए। ट्यालेन्ट शोमा प्रतिस्पर्धामा सहभागी जोस्ना आचार्य, सरायु साउद, रक्षा गजुरेल, नित्या लम्साल, रजना अधिकारी, लुइस महर्जन, सुहना श्रेष्ठ, जेनिशा डंगाल, जिस्ना ज्ञामी मगर, सैमा मल्ल, गृष्मा नेपाल, अंकिता थापा, दिया श्रेष्ठ, सिम्रिका श्रेष्ठ, जिया पौडल, आर्जु खरेल, सुप्रिया पराजुली, अकर्षण श्रेष्ठ, राजन तामाङ, सचिन राई, विवेक गजुरेल, निक्सन बखती, राजु लामा, दीक्षित थापा मगर, समृद्धि तिमल्सिना, स्नेहा मानन्धर, सुशीला राना मगर, मुना श्रेष्ठ, स्मृति कार्की, अञ्जना लामा, श्रुति बस्नेत, पुष्पा गुरुङ, सुजिता कार्की, सम्पदा गौतम, वर्षा थापा मगर, सविना तामाङ, अनुषा डंगोल, सलोनी अधिकारी, मिस्टी तामाङ, सुदीक्षा अधिकारी, शिवम् तामाङ, विजय तामाङ, आभाष पुन मगर र रगम थापा मगरले आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए।

ट्यालेन्ट शोमा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, इभेन्ट निर्देशक निशुकान्त झा, फिल्म एनिमेटर अक्की शर्मा र मोडल तथा नायिका सपना लामिछाने निर्णायक रहेका थिए। ट्यालेन्ट शोबाट ट्यालेन्ट उपउपाधिको विजेता चयन गरिने र विजेताको घोषणा प्रतियोगिताको अन्तिम स्पर्धाका दिन गरिने आयोजक लवबहादुर कार्कीले जानकारी गराए। प्रतियोगितामा लिटिल मिस र मास्टर नेपाल आइकन, फस्ट, सेकेन्ड, थर्ड रनर्सअपका साथमा विभिन्न उप–उपाधिका लागि विजेताको चयन गरिने पनि उनले जानकारी गराए।

Skip This