प्रहरी गायकको सिन्दुर

0
Shares

ताप्लेजुङको फूलबारीका प्रहरी गायक प्रेम श्रेष्ठले आफ्नो पहिलो गीतस्वरूप के छ तिम्रो मनमा मार्फत् धेरैको मन जित्न सफल भएपछि पराइको सिन्दुर बोलको गीत म्युजिक भिडियोसहित दर्शक स्रोतामाझ ल्याएका छन्।

युटुयुबमार्फत् सार्वजनिक गरिएको भिडियोलाई छोटो समयमै दर्शकले राम्रै साथ दिएका छन्। रामकृष्ण महरको शब्द, दीपक शर्माको संगीत रहेको गीतमा प्रेम श्रेष्ठको स्वर रहेको छ। जीवन शाहीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल, गायक स्वर्ण र सौभर अधिकारिको अभिनय रहेको छ।

 

Skip This