भिडियोमा सुवासको रोमान्स

0
Shares

गायक सुवास उप्रेतीको गीति अडियो एल्बम हर्ट सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच एल्बममा समावेश आज किन बोलको गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ।

बलिउडमा समेत जमेका गायक उप्रेतीको सार्वजनिक गीतको म्युजिक भिडियो सागर राजको निर्देशनमा तयार पारिएको छ। भिडियोमा मायालु जोडीको प्रेम दर्शाइएको छ। भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफैं फिचरिङ भएका छन्। सागर राजले निर्देशन गरेका म्युजिक भिडियोहरु पानी पर्यो, चुम्बकलगायत चर्चित छन्।

नेदरल्यान्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो। सुवासले बलिउडमा ६ सयभन्दा बढी गीत रेकर्ड गर्नुका साथै २ सय ठूला स्टेज कार्यक्रम गरिसकेका छन्। सिन्धुलीमा छायांकन गरिएको भिडियोमा अनिल के मानन्धरको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा कलर देख्न सकिन्छ।

Skip This