राजनीतप्रति रविनाको वितृष्णा

0
Shares

बलिउड अभिनेतृ रविना टण्डन लामो समयको अन्तरालपछि फेरि ठूलो पर्दामा देखिने भएकी छिन्। फिल्म मातृको प्रोमोसनमा व्यस्त उनले भारतीय मिडियासँगको एक अन्तरवार्तामा आफ्नो राजनीतिक धारणाका बारेमा समेत प्रस्ट पारेकी छिन्।

कुनै पनि मुद्दामा आफ्नो स्पष्ट धारणा राख्ने उनलाई के तपार्इंको राजनीतिमा पनि आउने योजना छ भनेर सोधिएको प्रश्नमा उनले आफ्नो धारणा दिएकी हुन्। ‘राजनीतिमा आउने कुरामा म निकै दुविधामा छु। राजनीति भनेको सायद मजस्तो स्पष्टवादी मान्छेका लागि होइन। जब मैले आफ्नो शुरुआती दिनहरुमा बच्चाका लागि काम गर्न शुरु गरेको थिएँ, मेरो कामदेखि प्रभावित भएर तथा बच्चाहरुप्रति मेरो भावुकता देखेर सरकारले मलाई चिल्ड्रेन फिल्म सोसाइटीको चेयरपर्सन बनाइदिएको थियो’, उनले भनेकी छिन्– ‘तर, पछि मेरोविरुद्ध राजनीति भयो र ब्रोडकास्ट मिनिस्ट्रिले मेरोविरुद्ध गलत जानकारी दिँदै एक अखबारमा म राम्रो काम गरिरहेको छैन भनेर छाप्यो। यस घटनापछि मेरो पतिले मलाई बाल चलचित्र समितिबाट राजीनामा दिन सल्लाह दिए। यही नै मेरो पहिलो राजनीतिक सामना थियो। राजनीतिमा एउटा सरकार तपार्इंलाई चयन गर्छ भने अर्को सरकार तपाईंको विरुद्ध बोल्छ। त्यसैले राजनीति एक फोहोरी खेल हो।’

भारतको चिल्डे«न फिल्म सोसाइटीमा काम गर्दाखेरीको अनुभव सुनाउँदै उनले भनिन्– ‘जब म चिल्ड्रेन फिल्म सोसाइटीको अध्यक्ष थिएँ तब मैले बच्चाहरुको फिल्मलाई कान्स फिल्म महोत्सवसम्म पठाएको थिएँ। मैले विशेष गरी सरकारी स्कुलको विद्यार्थीलाई बसमा चढाएर फिल्म देखाउन लान्थें त्यो बेला म आफैं पनि गर्भवती थिएँ’ –उनले भनिन््।

Skip This