फेसन आइकनमा २० स्पर्धी

0
Shares

नेपाल फेसन आइकन २०१७ का लागि २० प्रतियोगी छाएिका छन्। राजधानीमा आयोजित विभिन्न अडिसनबाट छानिएका यी प्रतियोगीले अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुटेको आयोजक रनवे नेपालकी सीईओ चाँदनी लामिछानेले जानकारी गराइन्।

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगत्मा नयाँ आयाम थप्नुका साथै नेपाली प्लेटफर्ममा आवश्यक मोडल उत्पादन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजकको दाबी छ। अन्तिम स्पर्धाका लागि छानिएका १० महिला र १० पुरुष प्रतियोगी ट्यालेन्ट राउन्ड र प्रिजजिङपछि मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। प्रतियोगीले विभिन्न प्रशिक्षकद्वारा व्यक्तित्व विकास, रन वे नलेज, सेल्फ ड्रेस अप, पब्लिक स्पिकिङलगायत विषयमा प्रशिक्षण लिइरहेका छन्। प्रतियोगितामा शिर्षसहित विभिन्न आधा दर्जन विधामा विजेता घोषणा गरिने आयोजकले जनाएका छन्।

Skip This