काजोलले तोडिन् मौनता

0
Shares

एक समय थियो जहाँ काजोल र करण जौहरको फ्रेन्डसिप थियो र बलिउडमा उनीहरुको सम्बन्धबारे चर्चा चल्ने गथ्र्यो। तर, आज उनीहरुको सम्बन्धमा यति धेरै दूरी आएको छ कि उनीहरु दुवै एक–अर्कालाई देख्नसमेत चाहँदैनन्। काजोलले आजसम्म यस कुरालाई मौन नै राखेकी थिइन्। तर, हालै उनले मौनता तोडेकी छिन्।

एक भारतीय अखबारमा छापिएको खबरअनुसार काजलले भनेकी छिन्– ‘मेरो विचारमा यस कुरामा चुप रहनु नै राम्रँे हुन्छ र मैले यस्तै गरें पनि। जब म यस मुद्दामा आफ्नो विचार राख्नेछु, म चाहन्छु मेरो कुरा सारा दुनियाँले सुनुन्।

काजोलले करणकको पूरा नाम लिएर भनेकी छिन्– ‘हाम्रोसामु झुठो मुद्दा लिएर हिँडेका मानिसहरु छन्। हिजोआज धेरै मानिस यस्तै गर्छन्। धेरै मानिस म इमान्दार छु भन्छन्, तर किताब र फिल्म बेच्नका लागि मात्र यस्तो भनिरहेका हुन्छन्। मलाई लाग्दैन कि क्यामराको अगाडि झुट बोल्नका लागि कुनै कारण चाहिन्छ। मलाई लाग्छ कि इमान्दार शब्दको दुरुपयोग भइरहेको छ।

हालै एक समारोहमा काजोललाई के तपाईं करणको जुम्ल्याहा बच्चालाई भेट्न जानुहुन्छ भनेर सोधिएको प्रश्नमा काजोलले जवाफ दिन नमानेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अघिल्लो वर्ष जब करणको फिल्म ए दिल हे मुश्किल र काजोलको पति अजय देवगनको फिल्म शिवायको रिलिजताका उनीहरुबीच दूरी बढेको थियो। करणले आफ्नो ट्विटरमार्फत् एक अडियो शेयर गरेका थिए। जसमा उनले फिल्मको उनीहरुको फिल्मबारे गलत कुरा ल्याउन कसैलाई पैसा दिने कुरा गरिरहेका थिए। काजोलले यो अडियो शेयर गर्दै आफू सक्ड भएको जनाएकी थिइन्। काजोलको यस हरकतले करण दुःखी बनेका थिए। उनले यो कुरा आफ्नो पुस्तक एन अनस्विटेबल ब्वाइमा उल्लेख गरेका थिए।

Skip This