असारमा मन्दिरा

0
Shares

मन्दिरा नामक फिल्म आगामी असार २ गते रिलिजमा आउने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा फिल्मको फस्ट लुक र रिलिज मिति सार्वजनिक गरिएको हो।

दीपेश सापकोटाको लेखन तथा निर्देशन रहेको सस्पेन्स ड्रामा एउटै घरको कोठामा सकाइएको निर्देशक सापकोटाले बताए। फिल्मको कथासमेत लेखेका निर्देशक सापकोटाले यसलाई एक प्रयोग भनेका छन्।

करुणा अर्याल र उज्वल अर्यालद्वारा निर्मित फिल्ममा नरेन खड्का, बिनी पोखरेली, जेबी डीसी, प्रवन भुसाल, विनीता ओली, राजन ढुंगाना, लक्ष्मी बस्नेतलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। सुशन प्रजापतीको छायांकन रहेको फिल्ममा देव कोइमी राइको संगीत, दयाराम पाण्डेको शब्द, अर्जुन बीसीको करियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र उज्ज्वल ढकालको सम्पादन रहेको छ।

Skip This