भिडियोमा लजालु रूप

0
Shares

गायक कमल श्रेष्ठले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सञ्चारकर्मसँगै एक दशकदेखि सांगीतिक यात्रा तय गर्ने क्रममा गायक श्रेष्ठले आफ्नो नवीनतम गीतमाथि बनाइएको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नो नयाँ गीत लजालु रूपको म्युजिक भिडियो आइतबार भाइब्स क्रियसनमार्फत् सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतको म्युजिक भिडियोमा शब्द रमेश दाहाल र संगीत डेनी निरौलाको रहेको छ। भिडियोमा मोडल लीला गिरी र लालबहादुर ढुंगानाले अभिनय गरेका छन् भने भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन्। अभिषेक माझीले छायांकन गरेको उक्त गीतको भिडियोलाई विश्व भण्डारीले सम्पादन गरेका छन्।

पूर्वेली लोकलयलाई पछइउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेष गरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सबैको मन जित्नेमा गायक आशावादी छन्। आधुनिक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने बताए।

Skip This