हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु



काबुल, १४ चैत । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन् ।

गत २४ घन्टायता भएको यस कारबाहीमा ती आतङ्ककारीहरु मारिएका गृहमन्त्रायलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी सोही प्रान्तको गदी गाउँमा भएको सुरक्षा कारबाहीमा तीन तालिवानी आतङ्ककारी मारिएका अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षा बलले जनाएको जारी विज्ञप्तिमा जनाएको छ ।

नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालावादमा सन् २०१५ को जुलाई महिनाबाट नै .आइएस लडाकु र सुरक्षाबलबीच भीषण लडाइँ हुँदै आएको छ ।

यस पहाडी प्रान्त अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर टाढा रहेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्