मध्यपूर्व मुख्यमन्त्री आवास शुद्धीकरण दलित र पिछडिएका बसेकाले शुद्धीकरण गरिएको आरोप



लखनउ, (एजेन्सी)
राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले मुख्यमन्त्रीको आवासलाई शुद्धीकरण गराउनुको कारण विगतका दशकमा दलित तथा पिछडिएकाहरु बसेर गएकाले बताए।

लालुले एक ट्विटमा भने– ‘योगीले सीएम आवासको शुद्धीकरण यसकारण गरायो किनभने विगत एक दशकभन्दा लामो स्मय त्यहाँ दलित–पिछडिएका तथा बहुजनवर्गका मुख्यमन्त्री बसेका थिए।

लालुको ट्विटमा जवाफ दिँदै रोहित सिन्हाले लेखे– ‘कहिले जातिबाट माथि उठेर पनि सोच्ने गरौं, जाति कार्ड कहिलेसम्म खेलिरहने हो।’

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले लखनउस्थित सीएम आवास ५ कालिदास मार्गमा प्रवेश गर्नुअगाडि विशेष पुजाअर्चना गराएका थिए।

भारतीय संचार माध्यमले यसलाई योगीको सीएम आवासको शुद्धीकरण गराएको रूपमा प्रस्तुत गरेका थिए। योगीको मुख्यमन्त्री बनेपछि सीएम आवासमा गाई पनि राखिएको छ। योगीभन्दा पहिला अखिलेश यादव उत्तर प्रदेशका मुख्यमन्त्री थिए र उनीभन्दा अगाडि दलित नेता मायावती उत्तर प्रदेशकी मुख्यमन्त्री थिइन्।

गत शनिबार पूर्वमुख्यमन्त्री अखिलेश यादवले सन् २०२२ मा जब आफू मुख्यमन्त्री बनिन्छ त्यतिबेला मुख्यमन्त्री आवासमा फायरब्रिगेडबाट गंगाजल छर्कने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्