बंगलादेशमा दोहरो बम विस्फोट अपार्टमेन्ट लडाकूहरुको नियन्त्रणमा



ढाका, (एजेन्सी)
उत्तर पूर्वीबंगलादेशमा भएको दोहरो बम विस्फोटमा २ जना प्रहरी र ४ जना सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार बताएका छन्। सिल्हटको एक अपार्टमेन्ट भवननजिक भएका ती विस्फोटनमा आशंकित इस्लामिक लडाकूहरुको हात हुनुपर्ने दाबी गरिएको छ।

त्यहाँबाट लडाकूहरुलाई निकाल्न कमान्डो परिचालन गरिएको छ। सो अपार्टमेन्टबाट थुप्रै सर्वसाधारणलाई सुरक्षित ढंगले बाहिर निकालिसकेको छ। ती आशंकित लडाकूहरुले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेका छन्। शनिबार भएको सो घटनामा अन्य दर्जनौं व्यक्ति घाइते भएका छन्।

उक्त भवनलाई सरकारी सेनाले घेरेर राखेका छन्। तथाकथित इस्लामिक स्टेट ( आईएस) ले एप टेलिग्राम मेसेज गर्दै एउटा विस्फोटमा आफ्नो हात रहेको दावी गरेको छ। सुरकारी फौज र भवनमा लुकेका लडाकूहरुबीच गोली हानाहान भइरहेका बेला रमित हेर्न ठूलो भीड एकत्रित भएको स्थानमा बम विस्फोट भएको थियो।

पहिलो विस्फोटका लागि २ जना अज्ञात व्यक्तिले मोटरसाइकलमा राखेर बम ल्याएका थिए। दोस्रो बम एउटा तरकारी राखिएको झोलाभित्र राखिएको प्रहरीले जनाएको छ। ती लडाकूहरु पाँचतल्ले भवनमा लुकिरहेको बताइएको छ। तिनीहरुले सो भवनवरपर विस्फोटक पदार्थ बिछ्याइएको बताइएको छ। शुक्रबार पनि राजधानीस्थित मुख्य विमानस्थलनजिक एउटा आत्मघाती बम विस्फोट भएको थियो।

प्रतिक्रिया दिनुहोस्