बर्थडेका दिन झरनाको आँखामा आँशु



नायिका, निर्मात्री तथा डेब्यु निर्देशक झरना थापाले आइतबार ३८औं बर्थडे मनाएकी छिन्। होम प्रोडक्सनको फिल्म ए मेरो हजुर २ बाट निर्देशनमा डेब्यु गरेकी झरनाले सोही फिल्मको पास्टर र सङ रिलिज गर्दै कक्टेल र डिनरसहित बर्थडे सेलिब्रेट गरिन्।

‘बर्थडेका दिन एक किसिमले खुसी लाग्छ। यो पृथ्वीमा मानिसका रूपमा जन्म भयो। भोग विलास सबै कुराको अनुभव गरियो भन्ने कुराले खुसी बनाउँछ। जन्म दिने आमाप्रति गर्व महशुस हुन्छ फिल्मकर्मीमाँझ बर्थडे सेलिब्रेट गर्दै गर्दा झरनाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘उमेर बढ्दै छ भन्ने कुराले दुःख पनि लाग्छ। संसारमा २ दिनको पाहुना भएर आइएको छ, मरी लानु केही छैन भन्ने कुराले विरक्त पनि बनाउँछ। तर सबैले बर्थडे विस गर्दा, सेलिब्रेसन गरौं भन्ने उत्सुकताले रोमाञ्चित पनि बनाउँछ।’

ए मेरो हजुर २ को निर्माण कार्यले व्यस्त भएकी झरना अरु दिनभन्दा आइतबार अझ बढी व्यस्त भइन्। त्यसो त बर्थडेका कारण उनको व्यस्तता शनिबार रातिबाटै बढेको हो। ‘राति सुनिलजी (निर्माता पति सुनिलकुमार थापा) छोरी, बहिनी सबै परिवारले राति १२ बजेसम्म कुरेर बर्थडे विस गर्नुभयो ।’ झरनाले सुनाइन् ‘लामो जीवन बाच्नु दीर्घ रहनु, स्वस्थ रहनु –भन्नुभयो। सुनिलजीले ह्याप्पी बर्थडे टु यु भनेर विस गर्नुभयो। ममीले राति नै फोनबाट आशिर्वाद दिनुभयो। बर्थडे त रातिबाटै लाग्यो।

आइतबरको जन्मदिन त उनी झनै व्यस्त रहिन्। एकातिर बर्थडे अर्कातिर ए मेरो हजुरको पोस्टर र सङ रिलिजको कार्यक्रम। दुबै कुराले औधी व्यस्त बनायो झरनालाई। ‘बिहानै उठेर पशुपति दर्शन गरेँ, त्यहाँका बृद्धहरूलाई खाने कुरा खुवाएँ। दिनभर फेसबुक र फोन अनि मेसेजबाट बर्थडे विस आयो, रिप्लाई गर्न पनि भ्याइनँ। बर्थडे सँगसँगै सबैले ए मेरो हजुरको सफलताका लागि शुभकामना पनि दिनुभयो’ –झरनाले भनिन् ‘बर्थडे स्पेसल डे भयो।’

साँझ भने उनले आफ्नो फिल्म ए मेरो हजुरको पोस्टर र सङ लञ्च गरिसकेपछि शानदार रूपमा बर्थडे सेलिब्रेसन गरिन्। फिल्मकर्मीको उल्लेख्य सहभागिता, १० पाउण्डको केक, कक्टेल स्न्याक्सका साथमा डिनर खुवाएर र त्यसमा रमाएर उनले बर्थडे सेलिब्रेसन गरिन्। बर्थडेको अवसरमा उनले शुभेच्छुक, साथीसंगी र परिवारबाट गिफ्टहरू पनि पाइन्। निर्मातापछि सुनिलले भने क्रिम कलरको ड्रेस उपहार दिए।

झरना प्रायः आफ्नो जन्मदिन परिवारसँग मनाउने गर्छिन्। ‘प्रायः बर्थडे परिवारसँगै मनाउँछु। एउटा बर्थडेको बेला भने कार्यक्रमको सिलसिलामा लमजुङमा परेको थिएँ’ उनले सम्झिइन् ‘त्यतिखेर फेमिलीसँग बर्थडे मनाउन नपाउँदा आँखाबाट आँशु नै आयो। फेमिलीलाई मिस गरेर धेरै बेरसम्म रोएर बसेँ।’

यसपालिको बर्थडेमा पनि झरनाको आँखामा आँशु थिए, तर यो आँशु भने खुसीको थियो।

प्रतिक्रिया दिनुहोस्