ऐश्वर्यामाथि कुटपिट मामलामा सलमानको स्पष्टिकरण



बलिउड अभिनेता सलमान खानलाई बेलाबेलामा मारपिट गरको भन्ने आरोप लागिरहन्छ। पर्दाका यी सुपरहिट हिरो बेलाबखत भैm–झगडा र मारपिटको समाचारले बदनाम पनि हुने गर्छन्।

सलमानसँग धेरै नजिक रहेका हिरोइनहरुले पनि यस्तो आरोप लगाउँदै आएका छन्। सलमान खानलाई अहिलेसम्मको गम्भीर रूपमा पटक–पटक यस्तो आरोप कसैले लगाएकी छिन् भने उनी ऐश्वर्या राय हुन्। सलमान र ऐश्वर्याको प्रेम कहानी बलिउडको एक यादगार र दर्दनाक प्रेम कहानी मध्येमा लिइन्छ। लभ स्टोरीभन्दा बढी उनीहरुको ब्रेक अप चर्चामा रहेको थियो।

एश्वर्याले सलमानमाथि मारपिटको आरोप लगाएकोमा सलमानले पनि यसको आफ्नै तरिकाले जवाफ दिएका थिए। ऐश्वर्याले सलमानले मदिरा पिउने र मारपिट गर्ने गरेको आरोप लगाएकी थिइन्। जसलाई सलमानले पटक–पटक अस्वीकार गर्दै आएका छन्। हालै एनडी टिभीमा सलमानले दिएको एक अन्र्तवार्तामा पनि ऐश्वर्याले झुट बोलेको र उनले ऐश्वर्यालाई मात्र नभई अरु कसैलाई पनि मारपिट नगरेको दाबी गरेका छन्।

उक्त अन्र्तवार्तामा महिला पत्रकारले के तपाईंले आजसम्म कुनै महिलामाथि हात उठाउनुभएको छ भन्ने प्रश्नमा सलमानले त्यसलाई अस्वीकार गरेका छन्। ‘मैले अहिलेसम्मा कुनै पनि महिलामाथि हात उठाएको छैन। यदि कोही महिलाले यो आरोप लगाएकी छिन् भने यसमा मलाई केही पनि भन्न्ु छैन’ –सलमानले जवाफमा भनेका छन् ‘यदि मैले कुनै पनि महिलामाथि हात उठाएको भए उनी सर्भाइभ गर्न सक्थिन होला र? त्यसैले यो सब झुठ हो।’ यस अन्र्तवार्तामा उनले कसैको नाम नलिइ ऐश्वर्यलाई नै इंगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्