जापानमा लाखौं कुखुरा जम्मा पारियो



टोकियो, (एजेन्सी)

कुखुराबाट संक्रमण हुनसक्ने प्mलु फैलिनबाट रोक्न जापानमा शुक्रबार दुई लाख असी हजार कुखुरा एकै स्थानमा जम्मा गरिएको सरकारी सूत्रले जनाएको छ।

सयौं सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ ती कुखुरा एकै स्थानमा जम्मा गरिएको बताइएको छ।

देशभरि रहेका विभिन्न कुखुरा फार्मबाट गत नोभेम्बर यता अहिलेसम्म लाखौ संख्यामा कुखुरा नष्ट गरिसकिएको पनि सो सूत्रले जानकारी गराएको छ।

यसैबीच उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो संख्यामा कुखुरा नष्ट गरिने भएको छ।

कुखुरा संकलन गरी नष्ट गर्ने टोली झन्डै दुई लाख बीस हजार कुखुरा मार्न मियागी क्षेत्रमा जान लागेको बताइएको छ। यसैगरी टोकियोदेखि दक्षिणपश्चिमी क्षेत्रमा अठसठ्ठी हजार कुखुरा नष्ट गरिने भएको छ।

कुखुरा मार्नका लागि मात्र रक्षा मन्त्रालयले ३ सय ७० ओटा टोलि तयार गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्