विश्वका प्रभावशाली “प्रथम छोरी” को सूचीमा इवान्का



वासिङटन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्पलाई ह्वाइट हाउसमा कार्यालय दिएको छ। उनी आफ्ना पिताको काममा सहयोगी बन्नेछिन् र उनलाई सल्लाह पनि दिनेछिन्।

३५ वर्षीय इवान्का राष्ट्रपति ट्रम्पको आँखा र कानका रूपमा काम गर्नेछिन् तर वेस्ट विंगमा काम गरेकोमा उनलाई कुनै पद वा तलबको व्यवस्था भने छैन।

विश्वमा हाइ प्रोफाइल छोरीहरुको सूचीमा एक सफल ब्यवसायी महिला तथा सेलिब्रिटीका रुपमा इवान्काको नाम नयाँ हो।
विश्वका प्रभावशाली प्रथम छोरी

मरियम सरिफ, (पाकिस्तान)

कार्यकारी सरकार प्रमुखका प्रभावशाली छोरीहरुको सूचीमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी ४३ वर्षीय मरियम नावज सरिफ पनि परेकी छन्। यद्यपि उनले आफ्नो पारिवारिक समाजसेवा संस्थाको जिम्मेवारी हेरिरहेकी थिइन। तर सन् २०१३ मा आफ्ना पिताको सफल चुनावी प्रचारमा उनले महत्वपूर्ण भूमिका निभाएकी थिइन्।

उनी पाकिस्तानको सत्तामा अत्यन्त शक्तिशाली बन्दै गइरहेकी छिन्। गत वर्ष कालोधन लुकाउने तथा कर छल्नेहरुको नाम सार्वजनिक भएको पनामा पेपर्समा उनको नाम पनि आएको थियो।

यकातेरिना पुटिन, (रुस)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी छन्। सन् २०१५ मा उनकी कान्छी छोरी यकातेरिना मस्कोमा केटरिना टिखोनाभाका नाममा बस्दै आएको खुलासा भएपछि उनी चर्चामा आएकी थिइन्।

उनीसँग लाखौं डलरको विदेशी कन्ट्रयाक्ट भएको र उनी पुटिनको अन्त्यन्त निकटको सल्लाहकारका रूपमा रहेको अनुमान गरिएको छ।
टिखोनाभा रक एन्ड रोल डान्सर पनि हुन र सन् २०१३ को विश्व च्याम्पियनसिपमा उनी पाचौं स्थानमा परेकी थिइन्।

इसाबेल डोस सान्टोस, (अंगोला)

अंगोलाका वयोवृद्ध राष्ट्रपति जोस एडुआर्डो डोस सान्टोसका जेठी छोरी ४३ वर्षीय इसाबेल डोस सान्टोस सरकारी तेल कम्पनी सोनांगोलका प्रमुख हुन् र सन् २०१३ को फोब्र्स अखबारले उनलाई अफ्रिकाकी सबैभन्दा धनी महिला बताएको थियो।

उनको कुल सम्पत्ति ३ अर्ब २० करोड डलर छ। देशको वित्त बजार, टेलिकम्युनिकेसन र हीरा उद्योगमा उनको ठूलो लगानी छ।

सुमेयी एर्डोगान, (टर्की)

टर्कीका राष्ट्रपति रिसेप टयप एडोगानका सबैभन्दा कान्छी छारी ३१ वर्षीय सुमेयी एर्डोगान आफ्ना पिताकी सबैभन्दा मनपर्ने छोरी हुन्।
बेलायतमा शिक्षा हासिल गरेकी सुमेयी आफ्ना पिताका सल्लाहकार पनि हुन् र थुप्रै राजनीतिक गतिविधिहरुमा आफ्ना पितासँगै देखिने गरेकी छिन्। उनी आफ्ना पिता र सरकारको खुला समर्थक हुन्।

ओजोदा रहमोन, (ताजकिस्तान)
ताजकिस्तानका राष्ट्रपति इमोमाली रहमोनकी ३९ वर्षीय छोरी ओजोदा रहमोन कानुनकी विद्यार्थी हुन्। उनलाई सन् २००९ मा उपविदेशमन्त्री बनाइएको थियो।
गत वर्ष उनका पिताले उनलाई राष्ट्रपति प्रशासन प्रमुखमा नियुक्ती दिएका थिए। उनी सिनेटकी सदस्य पनि हुन्।

मेरियला क्यास्त्रो, (क्युबा)
क्युबाका राष्ट्रपति राउल क्यास्त्रोकी छोरी मेरियला क्यास्त्रो संसदका सदस्य हुन्। उनी लैंगिक अल्पसंख्यकका अधिकारका लागि सक्रिय चर्चित कार्यकर्ता हुन्।

उनी सरकारी संस्था नेसनल सेन्टर फर सेक्स एजुकेसनका प्रमुख पनि हुन्। उनले एड्स रोकथाम तथा समलिंगी अधिकारसँग सम्बन्धित नीति बनाउनमा अग्रणी भूमिका निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्