विक्रम र सरोजालाई उपाधि



द कलेज एम्बेसडर २०१७ को उपाधि सारांश विक्रम शाह र सरोजा श्रेष्ठले चुमेका छन्। चाँदवाग कलेजमा ११ कक्षा अध्ययनरत शाहले पुरुष तथा आशीर्वाद कलेजमा बीबीएस अध्ययनरत श्रेष्ठले महिलातर्फको उपाधि चुमेका हुन्।

हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीताको महिलातर्फ सागरिका श्रेष्ठ र कृष्मा सुवेदी तथा पुरुषतर्फ विवेक राई र अमृत पौडेल टप थ्रिभित्र पर्न सफल भए।

ग्रिन आर्ट मिडियाद्वार ा आयोजित प्रतियोगितामा जोन गजमेर मिष्टर फोटोजेनिक, सारोन मधुकर्मी, मिस फोटोजेनिक, निष्टा महर्जन मष्ट ट्यालेन्ट, सुजा गुरुङ मष्ट फ्रेन्डली, दीपेश लामा मष्ट डिसिप्लेन, सारिका श्रेष्ठ बेष्ट ड्रेस, समीक्षा राई र अमृत पौडेल बेष्ट पर्पmमेन्स, कृष्णा श्रेष्ठ बेष्ट स्माइल, नेहाल राना मगर र कृष्मा सुवेदी चार्मिङ पर्सनालिटी भए।

अनिला श्रेष्ठको कोरियोग्राफीमा भएको प्रतियोगितामा नेपाः डान्स एकेडेमीका हिपअप ब्वाइज रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङलगायतले आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्