२५ करोडको अपार्टमेन्ट सासूलाई उपहार



बलिउड नायक सेफ अलि खान छोरा तैमुरको जन्मपछि निकै खुसी छन्। तैमुर ३ महिनाको भइसकेका छन्। तर सेफ अझै पनि उनको जन्मको खुसी मनाउन व्यस्त छन्।

यो खुसीमा उनले गरेको काम देखेर उनकी पत्नी करीना पनि हैरान छिन्। उनले हालै २५ करोडको अपार्टमेन्ट किनेका छन्। उनले यो अर्पाटमेन्ट आफ्नो खास व्यक्तिका लागि किनेका हुन्। तर यी खास व्यक्ति न करिना हुन्, न त तैमुर नै। अरु कोही हुन्, जसको अब सेफले लिएको अर्पाटमेन्टमाथि हक हुनेछ।

यी हुन् सेफकी सासू तथा करिनाकी आमाा बबिता। एक भारतीय सञ्चार माध्यमका अनुसार सेफ र करिना अब बबिता ठूलो बंगलामा बसून् भन्ने चाहन्छन्। धेरै समयदेखि बबिता एक सानो अपार्टमेन्टमा बस्दै आइरहेकी थिइन्।

सेफले यो उपहार केको खुसियालीमा दिएका हुन् कसैलाई पनि थाहा छैन। पिता बनेको खुसीयालीमा उनले तैमुरको हजुरआमा बबितालाई यो बंगला गिफ्ट दिएको हुन सक्ने अनुमान समाचारमा छ।

प्रतिक्रिया दिनुहोस्