दीपिकाले तिरिन् १० करोड कर

0
Shares

नेपालका कलाकारले कर तिर्ने कुरा त्यस्तै हो। सरकाले विभिन्न पेसाकर्मीका साथमा कलाकारलाई पनि करको दायरमा ल्याउने नीति बनाए पनि त्यसो हुनसकेको छैन। बलिउडमा भने कलाकारका लागि कर तिर्नु र अझ सबैभन्दा बढी कर तिर्नु गर्व र शानको विषय हुने गर्छ।

यस वर्ष बलिउडमा नायिका दीपिका पादुकोण सबैभन्दा बढी कर तिर्ने नायिका भएकी छिन्। दीपिकाले मार्च १५ सम्मको अग्रिम करबापत १० करोड भारतीय रुपियाँ तिरेकी छिन्। त्यसै गरी हाल व्यस्त रहेकी अर्की बलिउड नायिका आलिया भट्ट अग्रिम कर तिर्ने मामलामा दोस्रो नम्बरमा परेकी छिन्। उनले उनले ४.३ करोड कर तिरेकी छिन्।

एक भारतीय सञ्चारमाध्यमका अनुसार नायिका करिना कपुरले सन् २०१६⁄२०१७ का लागि ३.९ करोड तिरेकी छिन्। खबरअनुसार उनको बारेमा जाँच भइरहेको छ र उनी पनामा पेपर लिक केसमा फसेको बताइएको छ।
त्यसै गरी नायकमा भने सलमान खान ४४.४ करोड कर तिरेका छन् भने अक्षय कुमारले २९ करोड, ऋतिक रोशनले ३३ करोड र अमिर खानले १४ करोड अग्रिम कर तिरेका छन्। गत वर्ष ७ करोड कर तिरेकामा यस वर्ष भने कमेडियन कपिल शर्माले २३ करोड भारतीय रुपियाँ तिरेको समाचारमा जनाइएको छ। कपिलको आम्दानी गत वर्षभन्दा यस वर्ष ३ सय ४१ प्रतिशतले बढेको छ।

Skip This