आईएसका कारण विमानमा ल्यापटप प्रतिबन्धित



वासिङ्टन, (एजेन्सी)
गुप्तचर निकायबाट प्राप्त सूचनाअनुसार अमेरिकामा हुने उडानहरूमा आएको आक्रमणको चेतावनीको कारण अमेरिकामा विमानको क्याविनमा ठूला विद्युतीय उपकरणमाथिको प्रतिबन्ध लगाइएको बुधबार संचारमाध्यमले जनाएका छन्।
अमेरिका र ब्ेलायत दुवैले निश्चित केही यात्रुवाहक उडानहरूमा ल्यापटपमाथि प्रतिबन्ध लगाउने नयाँ नियम लागु गरेका छन्। अमेरिकी सुरक्षा सूत्रले तथाकथित इस्लामिक स्टेट समूह (आईएस) ले विद्युतीय उपकरणभित्र विस्फोटक पदार्थ लुकाएर विमानहरूमा राख्ने योजना बनइरहेको एबीसी टेलिभिजनलाई बताएको छ।

आठ राष्ट्रका दशवटा विमानस्थलबाट उडान संचालन गर्ने नौवटा एयरलायन्समाथि यो नियम लागु गरिएको हो। तर अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले औषधि तथा फोनहरूलाई भने छुट दिइएको जनाएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले आईएसको खतरा विषयमा छलफल गर्न विश्वका ६८ वटा राष्ट्रका मन्त्री र वरिष्ठ अधिकारीहरू सम्मिलित दुईदिने बैठकको आयोजना गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्