रानीले खोलिन् आफ्नै राज



एक जमानाकी चर्चित बलिउड अभिनेत्री रानी मुखर्जीले हिजो मंगलबार आफ्नो ३९औं जन्मदिन मनाइन्। आफू ३९ वर्ष पुग्न एक दिन बाँकी हुँदा उनले आफ्ना फ्यानहरुसँग फेसबुकमार्फत लाइभ च्याट पनि गरिन्।

जहाँ उनले आफ्ना फ्यानहरुबाट आएका कयौ जिज्ञासाहरु मेटाइन् भने आफ्नो जिन्दगीको केही राज पनि खोलिदिइन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले लाइभ च्याटमा आफ्नो छोरी र पारिवारका बारेमा केही कुरा सेयर गरिन्। त्यस अवसरमा उनले आफ्नी छोरी आदीराको निकै कम फोटो सोसल मिडियामा आउनुको राज खोलिन्। रानीले यसो हुनुको कारण आफ्नो पति रहेको खुलासा गरेकी छिन्। ‘हो म सोसल मिडियामा आफ्नो छोरीको फोटो सेयर गर्दिन। यसको कारण मेरो पति हुन्ु लाइभ च्याटमा उनले फ्यानहरुसँग भनिन् ‘उनी एकदमै निजी व्यक्ति हुन्। म उनको सम्मान गर्छु। साथै जब मेरा फ्यानहरुले मेरो छोरीको फोटो माग गर्छन्, त्यो बेला म उनीहरुलाई नाइँ भन्न सक्दिनँ।
जब उनीसंग फ्यानहरुले मातृत्वको बारेमा कुरा गरे उनले भनिन्– ‘यो एकदमै खास अनुभव हो। पछिल्लो डेढ वर्ष, त्यसमध्येमा पनि प्रेगनेन्सीको अवस्था मेरा लागि महत्त्वपूर्ण समय थियो। हिजोआज म आदिरालाई दिनदिनै ठुली हुँदै गएको देख्छु र आफैं खुसी हुन्छु। म पहिलेभन्दा धेरै मजबुत भइसकें। आमा बनेपछि जीवनमा धेरै कुरामा परिवर्तन आउँछन्। म आफ्नो आउने जीवन र आदीरालाई हुर्काउन व्यस्त छु।

प्रतिक्रिया दिनुहोस्