प्रदूषण महात्म्य



राजधानीमा अहिले प्रदूषण यति भइसकेको छ कि सानोतिनो ‘मास्क’ले पनि धान्न सक्ने अवस्था देखिँदैन। सेतो कपडा लगाउने कुरा त परै जाओस् कालो लगायो भने सेतो र हरियो लायो भने पहेंलो भएको समेत मानिसहरूले धरहराको दूरबिनतिर देखाउने गरेका छन्।

तर, प्रदूषण हेर्नुपर्ने निकाय भने मास्क आँखा वा मनमा लगाएर बसे जस्तो देखिन्छ। किनकि यति ठूलो मानवीय समस्यामा उनीहरूलाई कुनै मतलब नै पाइँदैन। केही दिनअघि राजधानीको कुनै ठाउँमा तामाझामका साथ प्रदूषण मापन केन्द्र राखिएकोमा त्यो केही घण्टामा नै काम नै नगर्ने भयो रे भन्ने धरहराले सुनेको छ।

सरकारी निकायले के के गर्छन् यो बबुरो धरहराले बुझ्न सक्ने कुरा पनि भएन। अब त सरकारलाई व्यङ्ग्य गर्न सालिकहरूमा समेत ‘मास्क’ लगाउन थालिएको धरहराको दूरबिनबाट देखिएको छ। सालिकमा ‘मास्क’ लगाउँदा सरकारी निकायहरूको मन र आँखामा लागेको ‘मास्क’ खुले त हुने हो। तर, धरहरा छेउछाउमा आउनेहरूमा त्यो आशा पनि अब निराशामा बदलिएको देखिएको छ है पाठकबृन्द। यहाँहरूलाई कस्तो लाग्छ कुन्नि ?

प्रतिक्रिया दिनुहोस्