करिना छोरासँग दंग



बलिउड नायिका करिना कपुर यतिबेला आफ्नो तीनमहिने छोरा तैमुरको हेरचारमा व्यस्त छिन्। उनी कहिले तैमुरसँग सार्वजनिकरूपमा घुम्न निस्किन्छिन् भने कहिले उनको फोटोहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेकी हुन्छिन्।

सन्तान सुखमा भुलिरहेकी यी नायिका जब–जब आफ्नो छोराको कुरा गर्छिन्, तेतिबेला उनी आफ्नो छोराको लुक्सको तारिफ गर्न भने भुल्दिनन्। आफ्नो छोराको जन्मपश्चात् पनि उनले भनेकी थिइन्– ‘तैमुर धेरै नै सुन्दर र राम्रो छ।’ उनले यसो पनि भनेकी थिइन्– ‘तैमुर निकै अत्यन्त सुन्दर बच्चा हो, म यो कुरा ऊ मेरो छोरा भएको कारणले मात्र भनिरहेकी छैन। वास्तवमै उसको लुकिङ निकै राम्रो छ। ऊ यति सुन्दर यो कारण पनि देखियो कि मैले प्रेग्नेन्सीको बेला धेरै घ्यू खाएकी थिएँ।’

तर, जहाँ करिना तैमरको प्रशंसा गर्छिन् त्यहीं सेफलाई लाग्छ कि तैमुरमाथि यति सानो बेलादेखि नै राम्रो देखिनुपर्छ भने धेरै प्रेसर छ। तैमुरको बारेमा जति पनि खबरहरु आउँछन् त्यसलाई लिएर सेफ खुसी छैनन्। एक अखबारका लागि दिइएको अन्तरवार्तामा सेफले भनेका छन् ‘हिजोआज तैमुरमाथि राम्रो देखिनुपर्छ भन्ने कुरामा धेरै प्रेसर छ। मलाई थाहा छ कि उसको लुकिङ यसै पनि राम्रो छ। तैमुर एकलौटी स्टार किड्स होइन, यहाँ अरू पनि स्टार किड्स छन्। तर, मानिस यस कुरालाई धेरै मुश्किल बनाइदिन्छन् र केही मिडियावालाहरु यस कुरालाई धेरै ध्यान दिन्छन्। यस कारण पनि कुनै बेला सामान्य रहनसमेत गाह्रो छ।’

तैमुरको पहिलो तस्वीर जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो, उक्त फोटो सेफले नै ह्वाटयाप्समा राखेका थिए। ‘जब कुनै–कुनै तस्वीर भाइरल हुन्छ तब तैमुरमाथिको नजर लाग्ला भनेर बेबो (करिना) निकै चिन्तित हुन्छिन्। तर, यदि कसैको नजर लाग्थ्यो भने करिना यस बेला हस्पिटलमा हुन्थिन् होला’ –सेफले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्