मापाका ट्राफिक



ट्राफिक प्रहरी अहिले ‘मापाका’ हुन थालेको भन्दै एक बस चालकले भने हैन यिनीहरुको मुखमा कानुन हुन थाल्यो । उनीहरु मनमा कतिखेर सनक चढ्ने हो थाहा छैन । यस्तै हो भने यिनीहरु बिरुद्ध आन्दोलन वा अन्य उपाय अप्नाउनु पर्ने भयो भन्दै ट्राफिक प्रहरीलाई सराप्दै गरेको दृष्य धरहराको दुविनमा देखिएपछि धरहराले कारण के रहेछ भनेर खोजी गर्न थालेको छ ।

कारण रहेछ ट्राफिकको दादागिरी जेव्राक्रसबाट बटुवाले बाटो काट्न लाग्दा गाडी रोकेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको भन्दै क्रुद्ध बनेका ती चालकले गालीको बर्षा छोडेपछि एकछिन धरहरा चुपचाप बस्यो । हैट ट्राफिक प्रहरीपनि के भएका होलान कमसेकम चालकलाई कहिले काही समय र परिस्थिती हेरेर दण्डबाट छुट दिनु नि । बोलेपछि बोल्यो–बोल्यो मुखको कानुनले मात्रै मुलुक चल्दैन होला नि हैन र पाठक बृन्द ? जिव्रोको गरिमा मिठो बोलीमा भन्ने प्रहरीको स्लोगानले हावा खाएको हो कि भन्ने निश्कर्षमा धरहरा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्