सिजीले ल्यायो डकुमेन्ट्रीसँगै भिडियो



सीजी इन्टरटेन्मेन्टले क्यान्डला पिक्चर्सको सहकार्यमा निर्माण गरेको डकुमेन्ट्री मेचीकाली तथा २ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकज्ञो छ। शनिवार राजधानीको दरवारमार्गस्थित होटल अन्नपुर्णमा आयोजित समारोहमा डकुमेन्ट्रीसँगै गायक तथा कलाकार मावन सुवेदीको स्वर तथा संगीत रहेको दुई गीत निधारमा नामलोको डाम र परीवर्तनशील छ समयको म्युजिक भिडीयोसमेत सार्वजनिक गरीएको थियो।

जुन गत वैशाख १२ गते गएको प्रलयकारी भुकम्पबाट प्रभावित व्यक्तिहरूप्रति समर्पित थियो। कार्यक्रममा बोल्दै सीजी इन्टरटेन्मेन्का अध्यक्ष बसन्त चौधरीले प्रस्तुत डकुमेन्ट्रीले समाज परीवर्तनको कार्यप्रणालीमा अर्को आयाम थप्ने चर्चा गर्दै मानव सुवेदीको संयोजक्वत्वमा करीव ८ महिनासम्म मेची महाकालीको यात्राबाट तयार पारीएको डकुमेन्ट्रीले उनको जागरुकता र परिुश्रम झल्काउने बताए।‘ मानवसँग म छोटोसमयमै नजिक भएँ। परीवर्तनको पक्षमा रहेको एउटा युवा जो स्वाभीमानी र गुणी छ, जो आफै गीत गाउँछं, संगीत भर्छ र फिल्म पनि खेलेको छ। उस्को. गीतको भिडीयोमा नेपालको सामाजिक र सास्कृतिक पक्षलाई जोड दिइएको छु चौधरीको भनाई थियो।

त्यसैगरी गायक माावन सुवेदीलेृ आफुहरूले नेपालको मेचीदेखी महाकलीसम्मको ८ महिने यात्रापश्चात त्यहाबाट संकलीत श्रव्यदृश्यको संगालो जस्ताको तस्तै लिएर आएको बताए। छायाकार राजेन्द्र सापकोटाले आफुहरू मेची महाकाली यात्राको दिन सम्झँदै तराईका मथर फाँट, पहाडका चुच्चे डाँडा र हिमालका चुचुराहरूमा पुगेर करीव ८ महिनासम्मको यात्रापछि जे देखियो त्यहि चिजलाई कलात्मक ढंगले खिचेर ल्याएका्े प्रष्ट्याए। ‘पुर्व योजनाअनुसार हामीले २०७३ जेठबाट झापाको सतार वस्ती भएको ग्रामीण भेगबाट थालेको यात्रा पश्चिमको डोटी कैलालीलगायतका ठाउँमा पुगेर टुंग्यायौँु उनले भने ‘नेपाल विािधताले भरीपुर्ण देश हो भनेर चिनाउनको लागी यो डकुमेन्ट्रीले महत्वपुर्ण भुमिका खेल्छ।ु

कार्यक्रममा मानव सुवेदी तथा उनको समुहले मान्छे हर दिन बोलको गीत प्रत्यक्षरूपमा प्रस्तुत गरेको थियो। सुरक्षा पन्तद्धारा सञ्चालित कार्यक्रममा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरीएको थियो।

प्रतिक्रिया दिनुहोस्