बालिका बलात्कारीलाई सफाइ



लन्डन,(एजेन्सी)

एक १२ वर्षिया बालिकालाई वलात्कार गरेको स्विकार्ने एक व्यक्ति अदालतबाट बिना संजाय निस्केका छन् । २१ वर्षिय ड्यानियल सिएस्लाकले सन् २०१५ को जुलाईमा एडिनवर्गमा ट्याक्सी कुर्ने क्रममा भेटिएका केटीलाई १६ वर्षिया ठानेर बलात्कार गरेको बताएका थिए ।

तर प्रहरीले ति केटीको वास्तविक उमेर खुलाएपछि उनी क्वाँक्वाँ रोएका थिए । ग्लास्गो स्थित उच्च अदालतका महिला न्यायधिश लेडि स्कटले निकै अपवादपुर्ण निर्णय दिँदै उनलाई संजाय नदिने घोषणा गरेकी थिइन् । स्कटले भनिन् , ‘ मेरो विचारमा उनलाई संजाय दिइनुपर्छ भन्ने जन चासोको कुन ैआवशयकता छैन । यस मुद्धाको आपराधिक प्रकृतिलाई हेर्दा संजाय उचित ठान्दिन । यसअघि घटनाको समय १९ वर्षका सिएस्लाकलाई वलात्कारको अभियोगमा दोषि करार दिइएको थियो ।

अदालती सुनुवाइको क्रममा ति बालिका जुलाईको एक शुक्रवार एडिनवर्ग स्थित आफ्नी १३ वर्षिया साथीलाई भेट्न गएकी र त्यहाँ अन्य थुप्रै साथीहरुसंग बसेर तिनीहरुले भोड्का खाएको बताइएको छ । बिहान चारबजे ति बालिका र उनकी साथीले सिएस्लाकलाई ट्याक्सी स्ट्यान्डमा भटेका थिए । ट्याक्सी ड्राइभर सिएस्लाकले ति पिडितबालिकाले आफु १ञ्६ र आफ्नी साथी १७ वर्षको बताएको र आफुलाई उनी २० वर्षकी जस्तो लागेको बताएका छन् ।

सिएस्लाकले तिनीहरुलाई एकजना साथीको घरमा पार्टी गर्न आमन्त्रण गरेको र त्यहीं ति १२ वर्षिया भनिएका बालिकासंग आफ्नौ यौन सम्पर्क भएको बताएका छन् । अदालतको सुनुवाईमा उनी भोलिपल्ट बिना कुनै विरोध र गुनासो त्यो घरबाट हिंडेको बताइएको थियो । लेडी स्मिथले १३ वर्ष भन्दा मुनिका बालिकाले यसरी यौन सम्पर्कका लागि अनुमति दिने कुरा विश्वासै गर्न नसकिने खालको भएको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्