जीउँदै जलाएर नर्सको हत्या



तेलअभिव (एजेन्सी)
इजरायली सहर तेल अभिवको दक्षिण स्थित होलोनको एउटा अस्पतालमा एक इजरायली नर्सलाई विरामीले जिउँदै जलाएर मारेका छन् ।

५६ बर्षिय टोवा करारो नामका ती नर्सलाई एकजना विरामीले केहि ज्वलनशिल पदार्थले छ्यापेको र त्यसपति आगो लगाइदिएको प्रहरीका एकजना वरिष्ठ अधिकारीले जानकारी दिए ।

उक्त घटना अगाडी उनीहरुबीच बहस भएको थियो । ७० बर्षिय विरामी नर्ससँग अत्यन्त रिसाएका र उक्त घटनापछि आफनो गाडी लिएर भागेको प्रहरीले बताए । यद्यपी उनलाई पछि प्रहरीले पक्राउ गरे । उक्त घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिनको हडतालमा जाने योजना गरिरहेका जनाइएको छ ।

इजरायली सन्चार माध्यमले ती विरामी नाजी नरसंहार होलोकास्टमा जीवित बच्न सफल भएको तथा मानसिक रुपमा विमारी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्