शाहरुखको कारले फोटोपत्रकारलाई ठक्कर दिएपछि …



बलिउड सुन्दरी आलिया भट्ट अब ठूलो स्टार बनिसकेकी छिन्। त्यस कारण पनि उनको जन्मदिनको दिन उनलाई बधाई दिन विभिन्न कलाकार उनको घरमै पुग्छन्। आलियालाई जन्मदिनको बधाई र शुभकामना दिन अभिनेता शाहरुख खान पनि बुधबार उनको घरमा पुगे।

आलियाको घरमा जब शाहरुख पुगे, त्यहाँ हलचल मच्चियो। प्रशंसक र केही फोटोग्राफरले शाहरुखको कार घेर्न थाले। कोही उनलाई हेर्न चाहन्थे त कोही उनीसँग फोटो खिच्न चाहन्थे। तर, शाहरुखको कारले दीपक हुड्डु नामक फोटोपत्रकारलाई ठक्कर दियो। त्यसबेला शाहरुख कारभित्र बसिरहेका थिए भने उनको ड्राइभर कार चलाइरहेका थिए। शाहरुखको कारले २१ वर्षीय दीपकलाई ठक्कर दिएपछि उनी ढले र दुखाइका कारण कराउन थाले।

त्यसपछि शाहरुख कारबाट उत्रे र घाइते पत्रकारलाई आफ्नो गाडीमा राखेर आफ्नो टिमका साथ लीलावती हस्पिटलमा पुगे। शाहरुखले सो अस्पतालमा आफ्ना निजी चिकित्सकमार्फत् उनको उपचार गरिदिए र उपचार खर्च पनि आफैं व्यहोरे।

भारतीय सञ्चारमाध्यमले त्यहाँ सहभागी मानिसलाई उद्धृत गर्दै जनाएअनुसार फोटोग्राफर कँरको निकै नजिक पुगेका कारण उक्त घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्