एल्गीका कारण समुद्री तट प्रकाशमय



सिडनी, (एजेन्सी)
धेरै परिमाणमा एल्गी फक्रिँदा अस्ट्रेलियाको एक समुद्री तट नीलो र उज्यालो देखिएको छ।

जैविकरूपमा यसरी एल्गी टल्किने घटनालाई सि स्पार्कल भनिन्छ। तास्मानियाको संरक्षण खाडीमा यस अद्भूत दृश्यलाई हेरेर स्थानीय बासिन्दाले आनन्द लिइरहेका छन्।

यी साना वनस्पती एल्गीले आफ्नो प्रतिरक्षा संयन्त्रको रूपमा प्रकाश फाल्ने गरेको एक विशेषज्ञले बताएका छन्। शान्त र स्थिर पानीमा यस्तो घटना हुने गरेको छ।

एल्गी विषाक्त नभए पनि यसले केही मानिसको छाला चिलाउने गरेको बताइएको छ। वनस्पतिविद् तथा तास्मानिया युनिभर्सिटीका प्राध्यापक गुस्ताफ हाल्लेग्राएफले औपचारिकरूपमा नोक्टिल्युका सिन्टिल्लान्स बताइने एल्गीले आत्मरक्षाका लागि प्रकाश फाल्ने गरेको बताइएको छ।

थुप्रो परिमाणमा एल्गी उम्रेको खण्डमा त्यसले वरपरका सम्पूर्ण वनस्पती खाइदिने गुस्ताफले बताएका छन्। सन् २०१२ मा यसरी नै एल्गीले समुद्र रातो बनाइदिँदा सिड्नीको प्रख्यात समुद्री तट ‘बोन्डी’ बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्