जिउँदै जलाएर नर्सको हत्या



तेलअभिव, (एजेन्सी)
इजरायली शहर तेलअभिवको दक्षिणस्थित होलोनको एउटा अस्पतालमा एक इजरायली नर्सलाई बिरामीले जिउँदै जलाएर मारेका छन्।

५६ वर्षीय टोवा करारो नामका ती नर्सलाई एक जना बिरामीले केही ज्वलनशील पदार्थले छ्यापेको र त्यसपछि आगो लगाइदिएको प्रहरीका एक वरिष्ठ अधिकारीले जानकारी दिए।

उक्त घटना अगाडि उनीहरुबीच बहस भएको थियो। ७० वर्षीय बिरामी नर्ससँग अत्यन्त रिसाएको र उक्त घटनापछि आफ्नो गाडी लिएर भागेको प्रहरीले बताए। यद्यपि उनलाई पछि प्रहरीले पक्राउ गर्यो। उक्त घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट २ दिनको हड्तालमा जाने योजना बनाएका जनाइएको छ।

इजरायली सञ्चार माध्यमले ती बिरामी नाजी नरसंहार होलोकास्टमा जिवित बच्न सफल भएको तथा मानसिकरूपमा बिमारी भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्