बैंककमा पाँच लाख डलरको गैंडाको खाग



बैंकक, (एजेन्सी)
इथियोपियाबाट पठाइएको लगेज जाँच गर्दा थाइल्यान्डमा अहिलेको अन्तर्राष्ट्रिय बजारअनुसार ५० लाख अमेरिकी डलर मूल्य पर्ने २१ वटा गैंडाको खाग फेला परेको प्रहरीले मंगलबार जनाएको छ।

वर्षौंपछि यति धेरै परिमाणमा अवैध खाग फेला पारिएको बताइएको छ। केही दिनअघि मात्र थाइल्यान्डमा ३ सय किलोग्राम बराबरको हात्तीको दन्त फेला पारिएको थियो। थाइल्यान्ड वन्यजन्तुको अवैध ओसारपसार गर्ने प्रमुख नाकाको रुपमा प्रयोग भइरहेको छ। वन्यजन्तु संरक्षणविद्हरुले थुप्रै प्रजातिका गैंडाहरु लोप हुने स्थितिमा पुगेको बताएका छन्।

बैंककको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको गैंडाको खाग राखिएको लगेज लिन भियतनाम र क्याम्बोडिया हुँदै दुई जना थाई महिला आएका थिए। लगेजको गम्भीर तरिकाले परीक्षण गरिन थालेपछि ती दुवै महिला त्यहाँबाट भागेको बताइएको छ।

भन्सार अधिकारीहरुले यस अवैध तस्कररीमा देशभित्र र बाहिरका थुप्रैको संलग्नता रहेको हुनुपर्ने बताएका छन्। वन्यजन्तु संरक्षण अभियन्ताहरुले सम्भवतः यसरी तस्करी गर्न दक्षिण अफ्रिकामा गैंडाहरु मारिने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्