अन्तरिक्षमा भगवान्लाई भेट्नुभयो?



नयाँदिल्ली, (एजेन्सी)
अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा त्यहाँबाट फर्केपछि भारतमा प्रायले उनको भगवान्सँग भेट भयो, भन्ने प्रश्न गर्थे।

यसमा उनको जवाफ छैन, त्यहाँ भगवान् भेटिएनन्ु भन्ने हुन्थ्यो। राकेश शर्मा सन् १९८४ मा अन्तरिक्ष यात्रामा गएका थिए। उनको अन्तरिक्ष यात्रा पनि तीन दशकभन्दा धेरै भइसक्यो। अहिले भने उनीसँग भेट्ने उनका प्रशंसक सत्य र आफ्नो काल्पनिकताबीचको फरकलाई सजिलै मेटाइरहेका छन्।

उनी भन्छन् अहिले मलाई भेट्न आउने महिला, आफ्ना बच्चालाई मेरो परिचय, अंकल चन्द्रमामा गएका थिए, भनेर गर्छन्।

अन्तरिक्षबाट फर्केपछि करिब एक वर्षसम्म राकेश शर्मा सधैं प्रशंसकबाट घेरिएका हुन्थे। उनी सधैं कहीं न कहीं गइरहनुपथ्र्यो। होटल र गेस्ट हाउसमा रोकिनुपथ्र्यो। ती समारोहमा उनीहरूसँग तस्वीर खिचाउनु, भाषणमा आफ्नो अनुभवको चर्चा गर्नु दिनचर्याको अभिन्न अंग बनेको थियो।

वृद्ध महिलाहरू उनलाई आशिष दिन्थे भने प्रशंसकहरू उनको लुगासमेत च्याटिदिन्थे। अटोग्राफका लागि चिच्याइरहेका हुन्थे। नेताहरू भोट लिनका लागि उनलाई आफ्नो जुलुसमा लाने गर्थे।

आफ्ना पुरानो दिन सम्झँदै उनी भन्छन् यो विल्कुल फरक अनुभव थियो। प्रशंसकहरूको यो व्यवहारले म थाकिसकेको थिएँ। जुनबेला पनि मैले हाँसिरहनु पथ्र्यो।ु

राकेश शर्मा २१ वर्षको उमेरमा भारतीय वायु सेनामा आबद्ध भएका थिए। त्यहाँ उनले सुपरसोनिक जेट लडाकू विमान उडाएका थिए। पाकिस्तानसँग सन् १९७१ को लडाइँमा उनले २१ पटक उडान भरेका थिए। त्यतिबेला उनी २३ वर्ष पनि पुगेका थिएनन्।

२५ वर्षको उमेर उनी वायु सेनाको सबैभन्दा उत्कृष्ट पाइलट बनिसकेका थिए। उनले अन्तरिक्षमा ३५ पटक चक्कर लगाएका थिए। अन्तरिक्षमा यस्तो गर्ने उनी १ सय २८औं मानव थिए।

राकेश शर्मा अन्तरिक्षयात्रीका रूपमा चयन हुन ५० जना लडाकू विमान पाइलटहरूको परीक्षाबाट भएको थियो। उनीसँगै रविस मल्होत्रालाई पनि यस परीक्षणका लागि चयन गरिएको थियो। उनीहरू दुवैलाई रुसमा प्रशिक्षणका लागि पठाइएको थियो।

सन् १९८४ अप्रिल ३ मा एउटा सोभियत रकेटमा राकेश शर्मा र दुई रुसी अन्तरिक्ष यात्री युरी माल्यशेव र गेनाडी सट्रेकालोवसँग अन्तरिक्ष प्रस्थान गरेका थिए। तत्कालीन सोभियत गणतन्त्रको कजाखस्तानको अन्तरिक्ष केन्द्रबाट उनीहरू अन्तरिक्षका लागि उडेका थिए।

प्रस्थान गर्दा आफू अन्त्यन्त ुबोरिङु स्थितिमा रहेको उनी सम्झन्छन्। उनीहरूले यति धेरै अभ्यास गरेका थिए कि त्यो उडान उनीहरूका लागि रुटिन जस्तै भएको उनले बताए।

पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा कुनै डर थियो? भन्ने प्रश्नको जवाफमा उनले भने( ुअन्तरिक्षमा जाने म १ सय २८औं मानव थिएँ। १ सय २७ जना जीवितै फर्केका थिए। त्यसैले डराउने कुनै कुरा थिएन।ु

सञ्चारमाध्यमले यो अन्तरिक्ष अभियानलाई भारत र सोभियत संघको मित्रता प्रगाढ भएको रूपमा लिएको थियो। अन्तरिक्षमा योगको अभ्यास गर्ने राकेश शर्मा पहिलो अन्तरिक्ष यात्री थिए। उनले योगाभ्यासबाट गुरुत्वको असर कम गर्न मद्दत हुन्छ कि हुँदैन भन्ने जान्ने प्रयास गरेका थिए।

अन्तरिक्षबाट भारत कस्तो देखिन्छ भन्ने प्रश्नको जवाफमा उनले हिन्दीमा सारे जहाँ से अच्छाु बताएका थिए। उक्त पंक्ती मोहम्मद इकबालको एउटा कलाम हो।

राकेश शर्माले अन्तरिक्षबाट फर्केपछि पुनः जेट पाइलटका रूपमा आफ्नो जीवन शुरू गरेका थिए। उनले जागुआर र तेजस विमान उडाए। उनले अमेरिकी प्रवासमा बोस्टनमा जहाज, ट्यांक र पनडुब्बीका लागि सफ्टवेयर तयार गर्ने एउटा कम्पनीमा सीईओका रूपमा काम गरे।

८ वर्षअगाडि अवकाश पाएका उनी अहिले आफ्नी इन्टिरियर डिजाइनर पत्नी मधुसँग आफ्नो घरमा बस्छन्। अहिले उनको जीवनीलाई लिएर बायोपिक बन्ने चर्चा छ, जसमा अमिर खानले राकेश शर्माको भूमिका निभाउने चर्चा चलिरहेको छ।

म अन्तरिक्षमा पुनः जान चाहन्छु। तर यो पटक पर्यटकका रूपमा जान चाहन्छु। जब म त्यहाँ गएका थिएँ, त्यसबेला थुप्रै काम गर्नु थियो। पुनः अन्तरिक्ष जाने विषयमा राखेको प्रश्नको जवाफमा राकेश शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्