ग्वाटेमालामा आगलागीपछि मन्त्रीको राजीनामा



ग्वाटेमाला सिटी, (एजेन्सी)
मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनस्र्थापना केन्द्रमा गत बुधबार बिहान भएको भीषण आगलागीमा ४० किशोरीको मृत्यु भएपछि त्यहाँका समाज कल्याणमन्त्री कार्लोस रोडास्ले सोमबार राजीनामा दिएका छन्।

उनले आफूले घटनालगत्तै राजीनामा नदिएको र दुर्घटनाबाट बाँचेका व्यक्तिलाई उपचारको व्यवस्था र खानेर बस्ने व्यवस्था मिलाएर मात्र राजीनामा गरेको बताएका छन्। बालिका तथा किशोरी बसोबास गर्ने आश्रयस्थलमा भएको यस आगलागीमा परी तत्काल १९ किशोरीको मृत्यु भएको थियो।

यस आगलागीमा ज्यान गुमाउने सबै १४ देखि १७ वर्षका किशोरी भएका अधिकारीले जानकारी दिएका छन्। यो पुनस्र्थापना केन्द्र राजधानी ग्वाटेमाला सिटीदेखि टाढाको एक ग्रामीण इलाकामा रहेको छ। अनाथ वा दुःख र पीडामा परेका, समाजिक दुरुपयोग, शोषण वा दुव्र्यसनका शिकार भएका, जोखिममा परेका, घरपरिवारबाट त्यागिएका, बाल सुधार केन्द्रको सजाय भोगेर छुटेका तर जाने ठाउँ अन्यत्र कहीं नपाएर अलपत्र परेका बालबालिका तथा किशोरकिशोरीलाई पालनपोषण गरी आश्रयस्थल उपलब्ध गराउने प्रयोजनले राज्यद्वारा उक्त केन्द्र सञ्चालन गर्दै आएको हो।

ुभर्जिन अफ द एज्जम्पसन सेफ होमु नामक उक्त पुनस्र्थापना केन्द्रमा अटाइनअटाई, क्षमताभन्दा बढी बालबालिकालाई राखिएको थियो।
उक्त पुनस्र्थापना केन्द्रमा बालबालिका कोचिएका कारणले गर्दा त्यहाँ बाल अधिकार दुरुपयोग र यौनउत्पीडनसमेत हुने गरेकाले विगतमा पटक पटक थुप्रै गुनासो आउने गरेको ग्वाटेमालाको समाजकल्याण निकाय प्रमुख कार्लोस रोडासले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्