सुपरहिटपछि हिटलर

0
Shares

सुपरहिट नामक फिल्मबाट निर्देशनमा डेब्यु गरेका सौरभ ढकाल फिल्मी बजारमा हिटलर नामक अर्को फिल्मका साथमा आउने भएका छन्। उनीद्वारा निर्देशित यो फिल्म आगामी जेठ १२ गते अल नेपाल रिलीज हुने भएको छ।

नव(नायिका सामिया बर्तौलालाई राणा खानदानी छोरीका रूपमा प्रस्तुत गर्दै राजधानीमा आयोजित एक समारोहबीच फिल्मको फस्टलुक रिलिज गरिएको छ। सभासद् रामवीर मानन्धर र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटाले फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए। अष्टनारायण पिक्चर्सको प्रस्तुतिमा तयार पारिएको फिल्मको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ।

लभ स्टोरीमा कमेडी जनराको फिल्ममा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ।
ुहिटलर प्रेम र कमेडीको मिश्रणका रूपमा बनेको छ। प्रेम भइसकेपछि आउने विभिन्न समस्यालाई यसमा देखाइएको छु (निर्देशक ढकालले भने। नायक सोहित मानन्धरले फिल्ममा आफू फरक भूमिकामा देखिएको बताए। नायिका सामिया बर्तौलाले फिल्मको कथावस्तु मन परेकाले काम गरेको दाबी गरिन्। ुयोभन्दा अगाडि पनि धेरै फिल्मबाट अफर थियो। तर मैले गरिनँ। कथावस्तु मन परेकाले हिटलरमा काम गरेकी हुँ उनले भनिन्।

Skip This